News

जेलरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

जेलरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं– कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारद्वार विशेष अदालतमा दायर अभियोग पत्रमा सेवा प्रवेश गरेको मिति ४ जेठ २०५४ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ अवैध रुपमा आर्जन गरेका दाबी गरिएको छ ।

अख्तियारका अनुसार थापाले अवैध रुपमा आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमती गोमा कट्टेल थापाको नाममा राखेको पनि देखिएको छ ।अख्तियारले थापासहित उनकी श्रीमती गोमाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले थापाविरुद्ध १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ बिगो असुल उपर गरी बिगोअनुसार जरिवाना र सम्पत्ति जफतसहित २ वर्ष कैद सजायको मागदाबी गरेको छ । यस्तै, थापाकी श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको मागदाबी गर्दै उनीविरुद्ध अभियोग पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

विशेष