हट्ने भयो स्मार्ट लाईसेन्सको ढिलासुस्ती

काठमाडौँ। सवारी चालक अनुमतीपत्रमा देखिएको ढिलासुस्ती अब हट्ने भएको छ। डेढ महिना अघि ल्याइएको मास प्रिन्टर (ठूलो क्षमताको छपाइ उपकरण) सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो ।
अनुमतिपत्रका लागि एक बर्ष अघि बुझाएको आवेदन नपाउदा सेवाग्राही हैरान भएका थिए। अब भने मास प्रिन्टको उपयोगसंगै सेवाग्राहीको सास्ती हट्ने बिश्वास गरिएको छ।
प्रतिघण्टा पाँचदेखि छ सयसम्म अनुमतिपत्र छपाइ गर्ने क्षमता रहेको ‘मास प्रिन्टर’ अबको केही दिनभित्रै सञ्चालनमा ल्याइने छ। डेढ महिना पहिले ल्याइएको उक्त उपकरणको जडान र परीक्षण पनि सकिसकेकाले अब सञ्चालनमा ल्याउन लागिएको हो।
अबको केही दिनसम्म परीक्षण भएपछि उपकरण पूर्णरूपमा सञ्चालनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ ।
सवारी चालक अनुमतिपत्र