News

माइत गएकी श्रीमती आउन नमानेपछि प्रशासनमा उजुरी !

माइत गएकी श्रीमती आउन नमानेपछि प्रशासनमा उजुरी !

पश्चिम नवलपरासीः पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्न थालेको छ । पश्चिम नवलपरासीमा पत्नीपीडित मुद्दा बढ्दै गएका हुन् ।

त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको पश्चिम नवलपरासीको तथ्यांकले देखाएको छ ।

महिना दिनअघि रामग्राम नगरपालिका–१५ का २० वर्षीय एक युवक प्रशासन कार्यालयमा माइत गएकी पत्नीलाई झिकाइदिन निवेदन लिएर पुगे । गत वैशाखमा रूपन्देहीमा विवाह गरेका उनले पन्ती लिन पटक–पटक गए पनि नआएको भन्दै निवेदन दिएका हुन् ।

विवाह भएको दुई महिनामै पत्नी माइत गएको निवेदनमा उल्लेख छ । आफूले खानलाउन दिए पनि माइत गएपछि बिनाकारण घर नफर्केको ती युवकको भनाइ छ । ससुरालीले पनि छोरी नपठाउने भन्दै फर्काउने गरेको उनले बताए । यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।  

पश्चिम नवलपरासी उजुरी

विशेष