News

खानेपानीका योजनामा बजेट अभाव हुन दिन्नः मन्त्री मगर

खानेपानीका योजनामा बजेट अभाव हुन दिन्नः मन्त्री मगर

कञ्चनपुरः खानेपानी मन्त्री बिना मगरले खानेपानीका कुनै पनि योजनामा बजेटको अभाव हुन नदिने बताएकी छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सञ्चालित खानेपानी आयोजनाहरुको स्थलगत अनुगमन गर्दै मन्त्री मगरले नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको खानेपानीका आयोजनाहरु शीघ्रातिशीघ्र संचालन गर्दै स्वच्छ खानेपानीको पहुँचमा जनतालाई पुर्याउनु पर्नेमा जोड दिइन् । 

कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेकी मन्त्री बिना मगरले कुनै पनि नागरिक स्वच्छ खानेपानीबाट वञ्चित नहुने दाबी गर्दै त्यसका लागि मन्त्रालयले गाउँगाउँमा खानेपानीका योजना अघि सारिरहेको जानकारी दिइन् । 

बिना मगर योजना बजेट

विशेष