News

भारतीय दूतावास प्रदर्शन गर्ने प्रहरी नियन्त्रमा

भारतीय दूतावास प्रदर्शन गर्ने प्रहरी नियन्त्रमा

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा लैनचौरस्थित भारतीय दूतावास अगाडि नेविसंघले गरेको प्रदर्शनमा गरेका छ। सो प्रदर्शमा प्रहरीले हस्तक्षेप गरी भीडलाई तितर वितर गर्न खोजेको थियो।

कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बल प्रयोग गर्दा पनि त्यहाँबाट नगएपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको छ ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूमिलाई आफ्नो क्षेत्रमा पारेपछि देशभर विरोध प्रदर्शन भइरहेको छ । काठमाडौं उपत्यकामा दिनहुँजसो भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

विशेष