गुटखा उत्पादन गरेर राजश्व छलिको आरोपमा ६ जनाविरुद्ध मुद्दा

गुटखा उत्पादन गरेर राजश्व छलिको आरोपमा ६ जनाविरुद्ध मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले अवैध रुपमा गुटखा उत्पादन गरेर राजश्व छलि गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

विभागले ३६ करोड ५५ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो । विभागले गरेको अनुसन्धानका क्रममा झापाको मेचीनगर नगरपालिका–१४ दर्ता ठेगाना भएको साकम्बरी प्रोडक्सले अवैध रुपमा गुटखा उत्पादन गर्ने गरेको भेटिएको थियो ।

साकम्बरीले उत्पादन गरेको गुटखा माधव इन्टरप्राइजेज समेतको संलग्नतामा नक्कली अन्तशुल्क स्टिकर र भ्याट बिल समेत बनाइ बिक्री गर्ने गरेको भेटिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

विभागले नक्कली गुटखा उत्पादन गर्ने साकम्बरीका प्रोपाइटर मुकेश शर्मा र सुपरभाइजर विष्णुप्रसाद खरेल, अवैध गुटखा बिक्री वितरण गर्ने एसएस इन्टरप्राइजेजका प्रोप्राइटर रामकृष्ण शर्मा तथा सुपरभाइजर सदन सिंह र अवैध गुटखा बिक्री वितरणका लागि नक्कली विजक र छाप उपलब्ध गराउने माधव इन्टरप्राइजेजका प्रोप्राइटर सिताराम शर्मा तथा सवारी धनी आशिष शर्माविरुद्ध झापा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

विभागका अनुसार उनीहरुले अन्तशुल्कतर्फ ३१ करोड ५ लाख ३९ हजार ९ सय ५९, भ्याटतर्फ २ करोड ७९ लाख ९८ हजार ५ सय ६९, आयकरतर्फ २ करोड ३८ लाख ८३ हजार स्वास्थ्य जोखिम करतर्फ ३१ लाख ४१ हजार ७ सय ९१ गरी कूल ३६ करोड ३५ लाख ६३ हजार ३ सय ३७ रुपैयाँ राजश्व छलि गरेका हुन् ।

विभागले उनीहरुविरुद्ध ३६ करोड ५५ लाख ६३ हजार ३ सय ३७ रुपैयाँ बिगो तथा बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको समेत मागदाबी गरेको छ ।

संम्बधित खबर

विशेष