सत्य निरुपण र बेपत्ता छानबिन आयोगको पदाधिकारीका लागि को को परे सूचीमा ? (सूचीसहित)
काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले ६१ जनाको नामावली आज सार्वजनिक गरेको छ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा दरखास्त दिनेहरुको सूचि समितिले सार्वजनिक गरेको हो ।
सूचिमा परेका ब्यक्तिहरुमाथि उजूरी दिनका लागि आयोगले पाँच दिनको समय दिएको छ । त्यसपछि नियुक्तिका लागि नाम सिफारिस गर्ने समितिले जनाएको छ । समितिले सूचि सार्वजनिक गरेर उजुरी आब्हान गरेपनि दुबै आयोगमा नियुक्त गर्ने ब्यक्तिका नाममा प्रमुख दलबीच सहमति भइसकेको छ ।
दलहरुको निर्णयअनुसार सत्य निरूपणमा नेपाल ल क्याम्पसका सहप्राध्यापक गणेशदत्त भट्टलाई अध्यक्ष नियुक्त गर्न र बेपत्ता छानबिन आयोगमा पुराना पाँचै आयुक्तलाई दोहोयाउने सहमति छ । पुरानै पदाधिकारी दोहोरिन लागेकामा पीडितहरूले भने असन्तुष्टि जनाउदै आएका छन् ।
दुवै आयोग पदाधिकारीको म्याद चैत मसान्तमा सकिएको हो । म्याद सकिनुअघि नै पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति सरकारले बनाएको थियो ।