राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझा र मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपति भवन, शीतलनिवासमा सोमबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष समावेशी आयोगका कार्यवाहक अध्यक्ष ओझा र मधेशी आयोगका अध्यक्ष दत्तले प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संम्बधित खबर

विशेष