News

आलमविरुद्ध मुद्दा दायर गरेका सरकारी वकिलको सरुवा

आलमविरुद्ध मुद्दा दायर गरेका सरकारी वकिलको सरुवा

काठमाडौंः जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका न्यायाधिवक्ता खडिन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ । रौतहट बम बिस्फोटका आरोपित पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिए लगत्तै काठमाडौं आएका कटवालको आइतबार मकवानपुर जिल्ला सरकारी वकिलको कार्यालयमा सरुवा भएको स्रोतले बताएको छ ।

आलमको मुद्दामा अनुसन्धान भए लगत्तै प्रहरीले कटवालको सुरक्षाका लागि अंगरक्षक खटाएको थियो । आलमको विरुद्ध सरकारी वकिलकोतर्फबाट मुद्दा दायर गरेका कटवालले सुरक्षा थ्रेट रहेको भन्दै शुक्रबार नै अन्यत्र सरुवा गर्न महान्यायधिवक्ताको कार्यालयलाई आग्रह गरेका थिए ।

यस्तै आलमलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल समेत रौतहटबाट शुक्रबार राति नै काठमाडौं आएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

मकवानपुर सरुवा मोहम्मद आफताब आलम खडिन्द्रराज कटवाल

विशेष