ओलीको मृगौला प्रत्यारोपण अमेरिकामा हुने तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे मृगौला प्रत्यारोपणको अमेरिकामा हुने तयारी भइरहेकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले नियमित डायलसिसभन्दा मृगौला पुनः प्रत्यारोपण गर्न सुझाव दिएपछि मृगौला प्रत्यारोपणको तयारी थालिएकाे स्राेतका भनाइ छ।
बालुलावाटार स्राेतले दिएकाे जानकारीअनुसार ओलीका निजी चिकिसत्क डा. दिव्या सिंह शाहले मृगौला प्रत्यारोपणको सुझाव दिएकी छन्।ओलीलाई विदेशमै मृगौला प्रत्यारोपण गर्न सुझाव दिइएपछि तयारी अगाडि बढेको स्राेतकाे भनाइ छ ।
नियमित डायलसिल ग्रान्डी अस्पतालमा गर्छन् । अब उनको मृगौला प्रत्यारोपण अमेरिका या सिंगापुरमा हुनसक्ने बुझिएको छ । चिकित्सकले अमेरिकामा गर्न सुझाव दिएका छन् ।ओलीको मृगौला प्रत्यारोपणका लागि एकजना आफन्तलाई तयार गरिसकिएको बुझिएको छ । झापा घर भएका ती आफन्तको मृगौला म्याच समेत भएकोले पुनः प्रत्यारोपण प्रक्रिया अगाडि बढाइएको विश्वस्त स्रोतले जानकारी दियो ।
मृगौला म्याच भएका आफन्त पनि प्रत्यारोपण गरिने देशको अस्पताल पुर्याइने छन् । सम्भवत मंसिर महिनाभित्रै ओलीको पुनः प्रत्यारोपण हुने गरी प्रक्रिया थालिसकिएको छ । मृगौला प्रत्यारोपणका लागि डा. दिव्या सिंह सक्रिय भइसकेकी छिन् ।
यता, ओलीले मृगौला पुनः प्रत्यारोपणमा जानुअघि महत्वपूर्ण निर्णयहरु गरिरहेका छन् । उनले मन्त्रिमण्डलको पुर्नगठन समेत गर्ने तयारी गरेका छन् । १२ वर्ष अघि भारतको नयाँ दिल्लीमा मृगौला प्रत्यारोपण गरेका ओलीले पछिल्लो समय सिंगापुरमा नियमित चेकजाँच गरे । उनी साउन र भदौमा दुईपटक सिंगापुर गए ।