अन्तत: पूजा बोहोराले पाइन्, बलात्कारीले पाए साढे ११ वर्षकाे जेल सजाय

अन्तत: पूजा बोहोराले पाइन्, बलात्कारीले पाए साढे ११ वर्षकाे जेल सजाय

काठमाडौँ – सर्वोच्च अदालतले बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई अभियुक्तलाई जनही साढे ११ वर्ष जेल सजाय सुनाएको छ । साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाउँदै बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई दोषी ठहर गरेको हो ।

आइतबार सजाय निर्धारणका लागि बसेको इजलासले सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो । साथै भट्ट र अवस्थीबाट जनही साढे २ र सरकारले पाँच लाख क्षतिपूर्ति भराउन उक्त इजलासको फैसलामा उल्लेख छ ।

संम्बधित खबर

विशेष