अमेरिकाको न्यूयोर्कमा नेपालीले सञ्चालन गरे बैंक
अमेरिकाः अमेरिकाको न्यूयोर्क सहरमा नेपाली समुदायले आफ्नै बैंक संचालनमा ल्याएका छन् । न्यूयोर्कमा नेपालीले अक्टोबर महिनाको पहिलो साताबाट एभरेष्ट फेडरल क्रेडिट युनियन बैंक संचालनमा ल्याएका हुन् ।
करिब दुई सय शेयर सदस्य रहेको एभरेष्ट युनियन बैंकले अघिल्लो वर्षको मार्च महिनामा संघीय सरकारबाट अमेरिकाका सबै राज्यमा कारोबार गर्ने मान्यता पाएको थियो ।
बैंक संचालनमा आएपछि यहाँ रहेका नेपालीलाई उद्यमशील बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ । अमेरिकामा शाखाखोल्ने लक्ष्य सहितक्रेडिट समिति, सुपरीवेक्षण समितिलगायत विभिन्न उपसमितिसमेत बनाएर काम गरिरहेका छौं, कार्य समितिका सचिव अन्जन श्रेष्ठले भने, ‘यस बैंकको मुख्य लक्ष्य नेपालीलाई नै धनी बनाउनु हो ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति कोषाध्यक्ष विराज रिजालले अमेरिकामा रहेका सबै नेपालीलाई शेयर किनेर बैंक धनी बन्न सुझाएका छन् । यो बैंकको शेयर किन्नु भनेको यस बैंकको धनी बन्नु हो, अनि डिभिडेन्टका लागि भागिदार हुनु हो । प्रमुख कार्यकारी अधिकृत रिजालले बैंकले अहिले १० हजार डलर बराबर व्यक्तिगत ऋण उपलब्ध गराई रहेको जानकारी समेत दिएका छन् ।
यस बैंकमा खाता हुने सदस्यले मात्रै कर्जा र अन्य कारोबार गर्न पाउनेछन् । अहिले करिव दुई सय सदस्यबाट तीन हजार डलरका दरले शेयर उठाइएको छ । बैंकले नेपाली समुदायबाट एक सय मिलियन डलर जम्मागर्ने र सोही अनुसारको कारोबार गर्ने लक्ष्य लिएको छ । अहिले प्रति शेयर २५ डलरका दरले बिक्री भइसकेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।
अमेरिका न्यूयोर्क बैंक