News

स्थानीय तहहरु लुट्न व्यस्त :‘कागजपत्र मिलायो, धमाधम पैसा खायो’

स्थानीय तहहरु लुट्न व्यस्त :‘कागजपत्र मिलायो, धमाधम पैसा खायो’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहहरु कामभन्दा लुट्न व्यस्त रहेको टिप्पणी गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘पैसाले उनीहरुले दुईटा मात्र होइन, तेस्रो नेत्र पछि उघ्रिएको छ । आफूसँग मिल्ने कर्मचारी लिएर गयो, कागजपत्र मिलायो, अनि धमाधम पैसा खायो ।’

स्थानीय तहलाई अधिकार दिनुपर्ने तर अनुगमन पनि गर्नुपर्ने नेता नेपालले बताए । कडाईका साथ अनुगमन गरेर राम्रो कामलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्ने भन्दै उनले भने, ‘सात पुस्ताको सम्पत्ति जफत गर्ने तहमा गइयो भने बल्ल तह लाग्छ । नभए नेपालीहरु सजिलै तह लाग्नेवाला छैन ।’

कर्मचारीलाई पनि अधिकार मात्र चाहिएको उनले बताए । नियुक्ति, सरुवा बढुवामा घुस’ नेकपा वरिष्ठ नेता नेपालले अघि भने, कर्मचारी संलग्न छन् कि ? नेता संलग्न छन् कि ? मन्त्री संलग्न छन् ? यिनैले सब बिगारेका छन् ।’

विशेष