१५ सय कैदीको भीडमा नख्खु कारागारमा दिन काट्दै आलम
काठमाडौं। रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद महमद अफ्ताव आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ ।
रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारागार ल्याइएको थियो । नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ ।
नख्खु कारागारका प्रमुख सुरेन्द पौडेल आलमलाई कुनै अत्तिरिक्त सेवा सुविधा नदिइएको बताउँछन् । ‘यो कारागारमा १५ सय कैदीबन्दी छन् । तीमध्ये आलम पनि एक हुन् । सामान्य कैदीलाई जसरी राखिन्छ, त्यसरी नै राखिएको छ,’ कारागार प्रमुख पौडेलले राजधानीसँग भने ।
यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन।
आलम नख्खु कारागार