News

२७ सय सैनिकलाई विभागीय कारबाही, कस्ता छन् आरोप?

२७ सय सैनिकलाई विभागीय कारबाही, कस्ता छन् आरोप?

काठमाडौंः सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय सैनिकलाई विभागीय कारबाही गरेको छ ।

नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरीत काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ सैनिकलाई कारबाही गरेको हो ।

सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरीत काम गर्ने, कर्तव्य ज्यान मुद्दामा मुछिएका, जबर्जस्ती करणी, चोरी, ठगी, लागूऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजानामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा सवारी दुर्घटनादेखि आर्थिक अनियमिततामा मुछिएकासम्म सैनिक छन् । सैनिक मुख्यालयका अनुसार गत वैशाखदेखि हासम्मको अवधिमा आफूभन्दा माथिल्ला पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनलाई पनि कारबाही गरिएको छ । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।

सैनिक सैनिक मुख्यालय विभागीय कारबाही

विशेष