News

२ बर्षपछि बिल गेट्स बने संसारकै धनी

२ बर्षपछि बिल गेट्स बने संसारकै धनी

एजेन्सी । माइक्रोसफ्ट कम्पनिका संस्थापक बिल गेट्स २ बर्षपछि पुन संसारकै सबैभन्दा धनि व्यक्ति बनेका छन ।

६४ बर्षिय बिल गेट्स १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब लु; सम्पतिसहित विश्वको सबैभन्दा धनि बन्न सफल भएका हुन्। 

ब्लुमवर्ग पत्रिकाले प्रकाशन गरेको सर्वेक्षणअनुसार सन् २०१७ पछि गेट्स सबै भन्दा धनी व्याक्ति बनेको हुन् । सन् २०१७ मा गेट्सलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोस सबैभन्दा धनी बनेका थिए। तर, अहिले भने उनी दोस्रो नम्बरमा परेका छन्। उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर वा १ सय २४ खर्ब २६ अर्ब रुपैयाँ सम्पति रहेको ब्लुम्बर्गले जनाएको छ।

यो संगै धनीको  तेस्रो नम्बरमा फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट परेका छन उनको कुल सम्पति  १ सय ३ अर्ब अमेरिकी डलर रहेको छ । त्यस्तै ८६ अर्बसहित चौथो स्थानमा वारेन वफे रहेका छन् भने फेसबुकका सिइओ मार्क जुकरबर्ग ७५.५ अर्ब डलर सहित पाँचौ स्थानमा पुगेका छन्।

माइक्रोसफ्टको शेयर पछिल्लो समय बढेकाले गेट्सलाई फाइदा पुगेको हो।

बिल गेट्स

विशेष