यूएनडिपीद्वारा गोरखाका जनप्रतिनिधिलाई भारत भ्रमण
काठमाडौंः यूएनडिपीले भारतमा गोरखाका १६ जनप्रतिनिधिसँग परिचयात्मक भ्रमण गरेको छ । नेपालमा भूकम्प पछिको पुनः निर्माणका अवस्था तथा अनुभव आदानप्रदान गर्नका लागि यूएनडिपीले गोरखाका जनप्रतिनिधिसँग परिचयाात्मक भ्रमण गरेको हाे ।
भ्रमण कार्तिक ४ देखि ३० गतेसम्म भएको थियो । भ्रमणमा गोरखाका २ नगरपालिकाका मेयर, उपमेयरसहित ६ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहभागी थिए ।
कार्यक्रमका गोरखाका जनप्रतिनिधिले भारतको भुजुन्डा गुजरात सरकारका कार्यकारीसामु भूकम्पपछि अपनाइएका स्वनिर्माणका अभ्यासबारे जानकारीसमेत दिएका थिए । साथै दिल्लीमा प्रतिनिधीहरुले बिपत् जोखिम न्यूनिकरण तथा पुनः निर्माणका बारेमा पनि समन्वय गरेका थिए ।
गोरखाको १६ सय ९ सय १२ घर पुनःनिर्माण गर्ने बिषयमा भारतले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ ।नेपालको स्वनिर्माणको अवधारणालाई मूर्तरुप दिनका लागि युएनडिपीले भूकम्प उत्थानशिल आवास निर्माणका लागि घरधनीलाई सामाजिक–प्राविधिक सहयोग समेत गर्दै आइरहेको छ ।
उक्त भ्रमणले विपद व्यवस्थापन र जोखिम न्यूनीकरणको सन्दर्भमा समुदायमा जनचेतना फैलाउन सहयोग गर्ने र सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्नेमा पनि युएनडिपी बिश्वस्त रहेको छ ।