उपचारको क्रममा सुत्केरी महिलाको मृत्युपछी आफन्तद्वारा विराट नर्सिङ होम अगाडी प्रदर्शन
बिराटनगर। उपचार गराउन अस्पताल भर्ना भएकी गर्भवती महिलाको मृत्यु भएपछि विराटनगरको विराट नर्सिङ होम तनावग्रस्त बनेको छ। डाक्टरको लापरवहिका कारण सुत्केरी महिलाको मृत्यु भएको भन्दै आफन्तहरु अस्पतालमा प्रदर्शन गरेका हुन्।
सामान्य प्रसुतिमार्फत छोरा जन्माएकी सुनसरी दुहरी नगरपालिका– ८ रनी गाउँकी २० वर्षीया रमिला कार्की घिमिरेको रक्तश्राव नरोकिएपछि चिकित्सकले मंगलवार दिउँसो पाठेघर फालिदिएका थिए । तर होस नखुलेपछि बुधबार दिउँसो विराट नर्सिङहोममा ल्याएर भेण्टिलेटरमा भर्ना गरिएको थियो ।
जन्मिएको बच्चाको पनि मुटुको धड्कन ठीक नभएको भन्दै एनआईसीयूमा राखिएको थियो । नवजात शिशुको पनि मृत्यु भइसकेको छ । सिकारु चिकित्सकलाई शल्यक्रिया गर्ने जिम्मा दिएका कारण आफूहरुले परिवारको सदस्य र भर्खर जन्मिएको शिशु गुमाउनु परेको मृतककी काकी रिमला घिमिरेले बताइन् ।
अस्पतालका सञ्चालक समेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्की नेत्रृत्वको चिकित्सक टोलीले गरेको शल्यक्रियामा कुनै लापरबाही नभएको विराट नर्सिङहोमका सञ्चालकसमेत रहेका चिकित्सक ज्ञानेन्द्रमानसिंह कार्कीले बताए ।
विराट नर्सिङ होम