बौद्धनाथ क्षेत्रमा चिनिया लामाको दादागिरी, विवाद समाधान गर्न संस्कृति मन्त्रालयबाट समिति गठन

बौद्धनाथ क्षेत्रमा चिनिया लामाको दादागिरी, विवाद समाधान गर्न संस्कृति मन्त्रालयबाट समिति गठन

काठमाडौँ । सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरिरहँदा पर्यटकीय गन्तव्यको रुपमा रहेको बौद्ध स्तुपामा भने चिनिया लामाका कारण बौद्धनाथमा पर्यटकको संख्यामा कमी आउने देखिएको छ ।

युनेस्को विश्व सम्पदा सूचीमा रहेको काठमाडौंको बौद्धनाथ स्तुपा संसारभरका बौद्ध मार्गीको आस्थाको केन्द्र हो। बौद्धनाथ नेपाल आउने पर्यटकको मुख्य भ्रमणस्थलमध्ये एक पर्छ । बौद्ध स्तुपामा स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ भक्तजनले दर्शन र अवलोकन गर्ने गर्छन ।

अनि अन्तराष्ट्रिय कानून अनुसार विश्व सम्पदा क्षेत्रमा जुलुस, हड्ताल र प्रदर्शन गर्न पाइदैन । तर बौद्धनाथ क्षेत्रमा एक जना ‘चिनियाँ लामा’ले जबर्जस्त पूजा गर्न रोक्न लगाएका छन् । बौद्ध घ्याङ गुठीका अध्यक्ष समेत रहेका चिनियाँ लामा अर्थात भुपतिबज्र लामाले स्तुपामा नियमित पूजा गर्न दिएका छैनन् ।

नक्कली रिम्पोछे बनेर बौद्धधर्ममा गैह्रकानुनी गतिविधि गर्दै आएको भन्दै बौद्धका भूपति लामालाई हटाउन बौद्धबासी र स्थानीय जनप्रतिनिधिले गत वर्षदेखि नै विरोध प्रदर्शन गर्दै आएका थिए। भूपतिले रिम्पोछे पदबी नागरिकतामा लेखाएर देशविदेशका बौद्धधर्मालम्बीमाझ गलत प्रचार गर्दे आर्थिक सहयोग लिने काम गर्दै आएको स्थानीयको आरोप छ । 
 

पूजामा अवरोध

चिनिया लामाले बौद्धनाथ क्षेत्रमा पूजामा अवरोध गर्ने, स्थानीयलाई धम्काउने लगाएका काम गर्दै आएका छन् । बौद्धनाथ क्षेत्र विकास समितिले भगवान गौतम बुद्धले संसारमा पाइला टेकेको दिनको सम्झनामा गत साता स्तुपामा प्राण प्रतिष्ठा पूजा कार्यक्रम राखेको थियो ।

नियमित हुने यो पूजामा सहभागी हुन चीन, भारत, ताइवान लगायत विश्वभरबाट बुद्ध धर्मावलम्वी नेपाल आएका थिए । तर, चिनियाँ गुरुको नामले परिचित भुपति बज्र लामाले विहानै स्तुपाको प्रमुख गेटमा विदेशी र स्थानीय बाउन्सर राखेर सबैलाई रोकेर फर्काइदिएका थिए ।

स्थानीयका अनुसार भुपतिले बौद्धनाथ क्षेत्रको सम्पत्ति हडप्ने दाउमा छन् । बौद्धनाथ क्षेत्र स्तुपा विकास समितिका अध्यक्ष रामकुमार लामाले चिनियाँ लामा ‘भुपति’ले स्तुपामा दादागिरी गरिरहेको बताए । ‘उहाँ आफूलाई जीवित अवतारको रुपमा ठान्नुहुन्छ ।

लिखित पत्रसहित कित्ता नम्बर समेत कोड गरेर विश्व सम्पदा सूचीमा परेको सम्पत्तिलाई मेरो निजी सम्पत्ति हो भन्नुहुन्छ,’ अध्यक्ष लामाले विश्व सम्पदा सूचीमा सूचीकृत स्तुपा व्यक्तिगत सम्पत्ति हुन नसक्ने जनाए । चिनिया नागरिक उनी चीन र नेपालको दोहारो नागरिकतामा फसेका व्यक्ति हुन् । साथै रातो पासपोर्ट प्रकरणमा पनि भुपति मुछिएका छन् । 

चिनिया लामा विवादबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

बौद्ध स्तुपा क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाबारे उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा गठन भएको समितिमा गृह, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रतिनिधि, गुठी संस्थान र पुरातत्व विभागका प्रतिनिधि सदस्य छन् ।

समितिलाई बौद्ध घ्याङ गुठीका चिनियाँ लामा विवादलगायत विषयमा छानबिन गर्ने जिम्मेवारी दिइएको समिति सदस्य एवं गुठी संस्थानका उपप्रशासक हरिप्रसाद जोशीले जानकारी दिए ।

यसअघि भूमि मन्त्रालयका उपसचिव नीरज पौडेलको संयोजकत्वमा पनि बौद्धको चिनियाँ लामा विवाद सम्बन्धमा छानबिन गर्न समिति गठन भएको थियो । समितिले प्रतिवेदन दिन नसकेपछि अर्को समिति गठन गरिएको हो ।

संम्बधित खबर

विशेष