News राजनीति

कम्युनिष्ट सरकारकाे २१ महिना २१ असफलता!

कम्युनिष्ट सरकारकाे २१ महिना २१ असफलता!

ललितपुर । कम्युनिष्ट सरकारकाे २१ महिनामा २१ असफलताकाे लिखित रुपमा नेपाली काँग्रेसले प्रतिवेदन नै सार्वजनिक गरेकाे छ। साेही प्रतिवेदन मार्फत केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना समेत गरेको छ ।

सरकार गठन भएको २१ महिना पुग्दा काँग्रेसले सरकारले गरेको गलत क्रियाकलापको बुँदागत रुपमै आलाेचना गरेको छ । ‘कम्युनिस्ट सरकारको असफलता’ भन्दै काँग्रेसले २१ बुँदामा गरेको टिप्पणीमा उपनिर्वाचन अघि मतदाताले सरकारको २१ असफलतालाई केलाउन जरुरी रहेको बताएको छ ।

मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको सवालमा सरकार असफल रहेको बताए । यस्तै संविधान प्रति अपनत्वको दायरा विस्तार गर्न नसकेको, सत्ताको सैद्धान्तिक चरित्र निर्क्योलमै असफल भएको, संविधानको बाँकी कार्यभार पूरा गर्न नसकेको, कुटनीतिक मामिलामा अपरिपक्व भएको, मूल्य वृद्धि नियन्त्रण गर्न नसकेकोलगायतको विषयलाई काँग्रेसले सरकारको असफलताको रुपमा विश्लेषण गरेको छ ।

 

 

विशेष