News

डिजेल बोकेको ट्यांकर बीच बाटाेबाटै 'गायब', चालक र सहचालक भन्छन्, 'अपहरणमा परियो'

डिजेल बोकेको ट्यांकर बीच बाटाेबाटै 'गायब', चालक र सहचालक भन्छन्, 'अपहरणमा परियो'

काठमाडौँ — डिजेल बोकेको ट्यांकर बीच बाटाेबाटै गायब भएकाे छ। नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाट गायब भएको हा ।

ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको ढुवानीकर्ताले आयाल निगमलाई जानकारी गराएका छन्। आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजल लोड गरेर विराटनगरतर्फ जाँदै गरेको अवस्थामा ढुवानीकर्तासहित ट्या‌कर अपराहणमा परेकाे हाे।

ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर 'अपहरण'मा परेको लिखित जानकारी निगमलाई मंगलबार बिहान १० बजे गराएका थिए। अपहरणकारीहरुले चालक रामदेव यादव र सह-चालक उमेश यादवलाई छाडेर ट्यांकरसँगै लगेको गुप्ताको दाबी छ।

उक्त ट्यांकर आइतबार राति लाहान पुगेको र विश्राम गर्नका लागि राजमार्गको हुलाक अफिस अगाडि पार्किङ गरिएकै स्थानबाट अज्ञात समूहले लगेका हुन्। गुप्ताका अनुसार चालक र सहचालकहरुलाई ६ देखि ८ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले आँखामा पट्टी बाँधेर बर्दिवास र लालबन्दीको बीचमा पर्ने जंगलमा पुर्‌याएर छाडेको र ट्यांकर भने उनीहरुले आफैँसँग लगेका छन्।

आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले ढुवानीकर्ताले ट्यांकर गायब भएको कुरा निगमलाई जानकारी गराएको पुष्टि गरेका छन् । उनले घटनाबारे छानबिन गर्नका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको बताए ।

विशेष