News

आगामी शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू हुने

आगामी शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौँ ।  सरकारले आगामी शैक्षिक सत्रमा कक्षा १ र ११ बाट नयाँ पाठ्यक्रम सुरु गर्ने भएको छ । पाठ्यक्रम विकास केन्द्रले १५ विषयको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदबाट पारित गरिसकेको छ भने ४० विषयको पाठ्यक्रम तयार गरी पारित गर्न परिषदमा लैजाँदै छ । 

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले आगामी वैशाखबाट कक्षा १ र साउनदेखि कक्षा ११ को पाठ्यक्रम सुरु गर्ने जानकारी दिए । उनले विद्यार्थी संख्या धेरै हुने १५ विषयको पाठ्यक्रम पारित भइसकेको, ४० विषयमा पाठ्यक्रम निर्माण गरी परिषदबाट पारित गर्ने तयारी भएको बताए । 

अघिल्लो वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू गर्ने भनिए पनि तयारी कम र निजी विद्यालय सञ्चालकहरूले गुनासो गरेका कारण लागू हुन सकेको थिएन । अघिल्लो वर्ष सात विषय पढाउनुपर्ने व्यवस्था भए पनि त्यसलाई परिवर्तन गरी ६ विषय पढाए पुग्ने व्यवस्था गरिएको थियो ।

 केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूपमा केही परिवर्तन गरेर ०७७ देखि नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको हो । यसअघि सातवटा विषय पढाउनुपर्ने व्यवस्था गरेकामा नयाँ व्यवस्थाअनुसार केन्द्रले ६ विषय पढाउनैपर्ने र क्रेडिट आवर कम भएका विषय पढ्नेले थप एक विषय पढ्न सक्ने व्यवस्था गरेको छ ।

यो समाचार आजको नया पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन ।  

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्

विशेष