News

घाइतेकाे पीडादायी बयान : ओभर लोडका कारण बस पल्टियो, प्रहरीले देखेपनि नदेखे झैँ गर्‍याे

घाइतेकाे पीडादायी बयान : ओभर लोडका कारण बस पल्टियो, प्रहरीले देखेपनि नदेखे झैँ गर्‍याे

काठमाडाैँ - म सिन्धुपाल्चोकको ताराङमारङबाट बस चढे। गाडी सुरु मै प्याक आएको थियो। तै पनि चढनै पर्ने बाध्यता थियो। जति वर आयो उति मान्छे थप्दै गयो गाडीमा घाइते जितबहादुर तामाङ भन्छन्। उनका अनुसार हुँदा हुँद पाइला राख्ने ठाउँसम्म पनि भएन।

'तै पनि बीचमा तीन लाइन गरेर मान्छे राखेको थियो'उनले भने, 'खलासीले गाडीको सिसाबाट मान्छे मिलाउँदै मान्छे थप्दै आएकाे थियाे।' ३ लाइन प्याक भएपछि हुटमा पनि मान्छे चढे। हामीले ठाउँ छैन मान्छे नचढाउ भन्दा उल्टै हामीलाई खलासीले थर्काउन थालेकाे नागरिक कर्मीलाई उनले सुनाए।

'गाडी बिस्तारै भारेगाउँको उकालो उक्लियो। बाटो कच्ची भएका कारण धेरै नै डर लागेको थियो। भारेगाँउमा प्रहरी चौकी छ । चौकी आउनु अघि हुटका मान्छे झार्यो, 'उनले भने,'प्रहरी चौकीमा गाडी नम्बर दर्ता गराएपछि फेरि केहि पर गएर गाडी रोक्यो। हुटका मान्छे फेरी हुटमै चढ्न लगाइयो। प्रहरी चौकी अघि बाटै ती हुटका मान्छे गाडी चढ्न आए तर प्रहरीले देखे नदेनदेखे झैं गर्याे।'

प्रहरीमा दर्ता गर्ने बेलामा यात्रु धेरै हुन्छन तर संख्या कम देखाइन्छ। म यहि बाटो भएर यात्रा गर्ने नियमित यात्रु भएका कारण यहाँका सम्पुर्ण नराम्रो नियत थाहा भएकाे बताए।

'यात्रुलाई प्रहरी र यातायात व्यवसायीले नै मिलेर दुख दिने गरेका छन। यो रुटमा आमा हेल्मो यातायातको सार्वजनिक गाडी चल्छ। गाडी थोरै भएका कारण मान्छेको च्यापाचाप गरेर काठमान्डौं जानू पर्ने बाध्याता छ, उनले थप्दै भने,'गाडी फेदिमा पुगेपछी पल्टियो। ओरालोमा ब्रेक राम्रोसंग लागेन। ड्राइभरले खलासीलाई ओट हाल्न भने। खलसीले हालेको ओट नाग्दै गाडी पल्टियो। मान्छेहरु धेरैलाई चोट लागेको छ।मेरो हात चल्दैन।'

तामाङ, मेलम्ची नगारपालीका-४ घाइते तामाङको हाल टिचिङ अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ। सिन्धुपाल्चोकको गोल्फुभन्ज्याङबाट काठमाडौ अाउँदै गरेकाे बा ५ ख ५०७० नम्बरकाे बस शंखरापुर नगरपालिका स्थित फेदि पुल नजिकै दुर्घटना हुदा ३ मृत्यु र ४५ जना घाइते भएको प्रहरीले जनाएको छ। जसमा ६ जनाकाे स्थिति गम्भीर आस्थामा रहेका छन।

विशेष