News

औषधिमा विकृति : दुई भारतीय उद्योग जीएमपीमा असफल

औषधिमा विकृति : दुई भारतीय उद्योग जीएमपीमा असफल

काठमाडौं ।  नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमध्ये दुई वटा भारतीय उद्योगहरु गुड म्यानिफ्याक्चर प्राक्टिस (जीएमपी) मापदण्डमा फेल भएका छन् । नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमा गुड म्यानिफ्याक्चर प्राक्टिस (जीएमपी) मापदण्ड लागू भएको छ कि छैन् भन्दै गरेको स्थलगत निरीक्षणमा दुई भारतीय उद्योग फेल भएको औषधि व्यवस्था विभागले जनाएको छ ।

विभागको टोलीले गत असारमा भारत, बंगलादेश, भियतनाम, युक्रेन, जोडर्न र फिलिपिन्समा रहेका विभिन्न २३ वटा उद्योगमा पुगी जीएमपी मापदण्डको निरीक्षण गरेको थियो ।
विभागले सार्वजनिक गरेको प्रतिवेदनमा पटना विहारमा रहेको श्री वैद्यनाथ आयुर्वेद भवन प्रालि र नागपुर भारतमा रहेको युनिजुलेस लाइफ साइन्सेज लिमिटेड रहेको उल्लेख छ । यी दुबै उद्योगले आयुर्वेदिक औषधि उत्पादन गरी नेपालमा निर्यात गर्ने गरेका थिए । मापदण्ड पूरा नगरेपछि यी दुवै कम्पनीले उत्पादन गर्ने औषधिको दर्ता विभागले गर्र्दैन ।

प्रतिवेदनले ती कम्पनीबाट औषधि आयात नहुने जनाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका  छन।  

औषधि

विशेष