विदेश

कश्मिरमा हिमपहिरो, ४ सैनिकसहित ६ जनाको मृत्यु

कश्मिरमा हिमपहिरो, ४ सैनिकसहित ६ जनाको मृत्यु

एजेन्सीः भारत प्रशासित कश्मिरमा रहेको सियाचिन ग्लेशियरमा हिम पहिरोमा परेर ४ जना सेना र दुईजना भरियाको मृत्यु भएको छ । ८ जना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब १९ हजार फिटको उचाइमा गस्ती गर्दै गर्दा हिमपहिरोमा परेर मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

सबैको अत्यधिक चिसोले कठाङ्ग्रिएका कारण मृत्यु भएकाे भारतीय सेनाले जनाएको छ । सियाचिन क्षेत्रमा भारत र पाकिस्तान दुबैका सेनाले गस्ती गर्छन् । उक्त क्षेत्रको सार्वभौमिकतालाई लिएर विवाद छ । वार्ताहरूपछि पनि पाकिस्तान र भारत सियाचिन ग्लेशियरमा सेनाको उपस्थिति हटाउन बिफल भएका छन् ।

उक्त क्षेत्र संसारकै उच्च भागमा रहेको युद्धक्षेत्रको रूपमा परिचित छ । सन् १९८४ मा भारतले ग्लेशियरमा नियन्त्रण जमाएको हो । त्यसबेला देखि लडाइँबाट भन्दा हिमपहिरोमा परेर बढी सैनिकको ज्यान गएको छ । सन् २०१६ को फेब्रुअरी महिनामा त्यही क्षेत्रमा रहेको सैन्य आधारमा हिमपहिरो जाँदा भारतीय सेनाका १० जनाको मृत्यु भएको थियो । 

कश्मिर सैनिक हिमपहिरो सियाचिन ग्लेशियर

विशेष