निर्मला हत्या-बलात्कार प्रकरण: दोषको दुनो दिलीपतिरै

निर्मला हत्या-बलात्कार प्रकरण: दोषको दुनो दिलीपतिरै

महेन्द्रनगर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर गरेपछि अनुसन्धानमा सहज भएको बताउनुभएको छ।

दिलीपसिंह विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरीबारे बुझ्न गएको टोलीसँग प्रजिअ वैद्यले दिलीपविरुद्ध दर्ता गरेको किटानी जाहेरी र प्राविधिक टोलीको प्रतिवेदनलगायतले अनुसन्धानमा सघाएको बताउनुभएको हो।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दिलीपविरुद्ध दुर्गादेवीले दिएको किटानी जाहेरीका सम्बन्धमा सोमबार स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ।

भदौ २२ गते दुर्गादेवीले डीएनए नमिलेर छुटेका दिलीपविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो । अनुसन्धानको दायरा साँघुरिँदै गएको प्रजिअ वैद्यको भनाइ छ।

दिलीपविरुद्ध परेको किटानीलाई प्रशासनले गम्भीरताका साथ लिएको उहाँले दाबी गर्नुभयो। 

यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज भट्टले लेखेका छन।   

निर्मला पन्त

संम्बधित खबर

विशेष