आगलागीबाट एकै परिवारका ४ जना घाइते
तनहुँ । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा आगलागीबाट एकै परिवारका ४ जना घाइते भएका छन।
घाइते हुनेमा करण नेपाली, उहाँको श्रीमती बिमाया नेपाली, छोरी वर्ष १३ की डिटिसा नेपाली र छोरा बिपिन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
एक तले घरमा विद्युत सट भई आगलागी भएको हो । घाईतेको डुम्रेबजार स्थित लक्ष्मी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लािग चितवन मेडिकल कलेजमा भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा पूर्ण रुपमा जलेको डिएसपी लामिछानेले जानकारी दिएका छन ।
आगलागी