News

अनुगमन गर्न जाँदा मेडिकल कजेलबाट 'ट्याक्सी खर्च' असुली

अनुगमन गर्न जाँदा मेडिकल कजेलबाट 'ट्याक्सी खर्च' असुली

काठमाडाैं ।  त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकल कलेजहरूमा अनुगमन गर्न जाँदा सोही कलेजबाट दैनिक भत्तादेखि ट्याक्सी खर्चसमेत असुल्ने गरेका छन्।

भौतिक पूर्वाधारलगायतको अनुगमन गर्न त्रिविका पदाधिकारी हेरक वर्ष मेडिकल कलेज पुग्छन् । अनुगमनमा जानेहरूको भत्तालगायत खर्चका लागि विश्वविद्यालयले नै रकम छुट्याएर दिने भए पनि अधिकारीहरूले सम्बन्धित मेडिकल कलेजबाट खाना, होटलसहित ट्याक्सीखर्चका बहानामा रकम असुल्ने गरेका छन्।

यसका लागि अनुगमनमा खटिएका अधिकारीले चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयबाटै पत्र लैजाने गरेका छन्। उनीहरूले एउटा मेडिकल कलेजबाट एकपटकमा तीन लाख रूपैयाँसम्म उठाउने गरेका छन्। त्रिविको अनुगमन निर्देशनालयमातहतरहेको चिकित्साशास्त्र अध्ययन संस्थानले मेडिकल कलेजहरूबाट खर्च उठाउने गरेको हो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।  

मेडिकल कजेल अनुगमन ट्याक्सी खर्च

विशेष