मन्त्रिपरिषद् पुनर्गठनमा प्रचण्डको नाम जोडिनु गलतः सचिवालय

मन्त्रिपरिषद् पुनर्गठनमा प्रचण्डको नाम जोडिनु गलतः सचिवालय

काठमाडौंः मन्त्रिपरिषद् पुनर्गठनकाे विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डको नाम जोडिएर आएका समाचारप्रति सचिवालयले आपत्ति जनाएको छ । आज प्रचण्ड सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता भ्रामक समाचारप्रति आपत्ति जनाएको हो ।

सचिवालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित÷प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।’

मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको बिषय रहेकाले यस विषयमा कुनै विवाद नै नरहेको सचिवालयले स्पष्ट पारेको छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न प्रचण्ड सचिवालयले आग्रहसमेत गरेको छ ।

प्रचण्ड सचिवालयले जारी गरेको भ्रामक समाचारको खण्डन

हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित÷प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।

मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं । –अध्यक्ष प्रचण्डको निजी सचिवालय
खुमलटार

मन्त्रिपरिषद् पुनर्गठन

संम्बधित खबर

विशेष