News

प्रचण्ड पुत्र प्रकाशको निधन भएको २ वर्ष, श्रद्धाञ्जली दिन नेता कार्यकर्ता खुमलटारमा

प्रचण्ड पुत्र प्रकाशको निधन भएको २ वर्ष, श्रद्धाञ्जली दिन नेता कार्यकर्ता खुमलटारमा

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको आज २ वर्ष पूरा भएको छ । २०७४ साल मंसिर ३ गते दाहालको हृदयघातबाट निधन भएको थियो ।

स्वर्गीय दाहाललाई स्मरण गर्न नेकपाका नेता तथा कार्यकर्ताहरु खुमलटारस्थित प्रचण्ड निवास खुमलटार पुगेर दाहालको फोटोमा माल्यार्पण गरेका हुन् । खुमलटार पुगेका नेता कार्यकर्ताहरुले स्वर्गीय प्रकाशलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना र सद्भाव दर्शाएका छन् ।

श्रद्धाञ्जली सभाका लागि औपचारिक कार्यक्रम भने नराखिएको प्रचण्डको सचिवालयले जनाएको छ । ‘कुनै औपचारिक कार्यक्रम राखिएको छैन । तर अनौपचारिक रुपमा फोटोमा माल्यार्पण गर्न तथा स्वर्गीय दाहाललाई स्मरण गर्न नेता कार्यकर्ता बिहानैबाट खुमलटार आउनुभएको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रकाश दाहाल श्रद्धाञ्जली

विशेष