News

तेब्बरले बढ्यो प्याजको मूल्य

तेब्बरले बढ्यो प्याजको मूल्य

डडेल्धुराः केहि दिन यता डडेल्धुरा सदरमुकाममा प्याजको भाऊ ह्वात्तै बढेको छ । सदरमुकाममा प्याज अहिले प्रतिकिलो २ सय रुपैयाँमा बिक्री हुँदैछ । त्यो पनि सबै ठाउँमा पाउन छोडेको स्थानीय बताउँछन् । 

प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको अमरगढी नगरपालिका–५ का तरकारी व्यवसायी वीर शाहुले बताए । धेरैले प्याज नै किन्न छोडेको व्यापारीले बताए । प्याजसँगै अन्य तरकारीको भाउ पनि निकै महंगिएको शाहु बताउँछन् । भारतबाट आयात हुने प्याज नआउनु र स्थानीय उत्पादन घटेर गएका कारण प्याजको मुल्य आकाशिएको तरकारी व्यवसायीले जनाए ।

केही दिन अगाडिसम्म प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको प्याज एक्कासी २०० रुपैयाँमा बिक्री हुँदा उपभोक्ता निकै मारमा परेका स्थानीय टेक खड्काले बताए । उनले हप्ता दिन यता प्याजबिनाको तरकारी खाइरहेको बताए। 

उपभोक्त विस्ना ऐर प्याज महंगिएर चिन्तित छिन् । उनीजस्तै ज्यालादारी, मजदुरी र समान्य जागिरको भरमा परिवार धानिरहेका मानिसका लागि प्याज चाडपर्वमा खाइने विषेश परिकार जस्तो भएको उनी बताउँछिन् । 

भारतमा यस वर्ष प्याज उत्पादनमा आएको कमीले नेपालमा असर परेको व्यापारीहरु बताउँछन् । त्यसको असर डडेल्धुरामा पनि परेको छ । भारतमा ढिलो गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्य वृद्धि भएको बताइएको छ । अन्नपूर्ण पोस्ट्बाट 

डडेल्धुरा प्याज

विशेष