मन्त्रीमण्डल हेरफेरबारे विवाद बढेपछि प्रचण्डले जारी गरे प्रेस विज्ञप्ति
काठमाडौँ । मन्त्रीमण्डल हेरफेरका लागि प्रधानमन्त्रीले छलफल चलाइरहेकै बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले यसबारे असन्तुष्टि जनाएका छन् । दाहालले बुहारी विना मगर लगायत केही मन्त्रीलाई नहटाउन चाहेको समाचार आएपछि त्यसको खण्डन गरेका हुन् ।
दाहालको सचिवालयले मंगलबार एक विज्ञप्ति प्रकाशन गर्दै मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी ओलीकै क्षेत्राधिकारको विषय भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित(प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ ।’
मन्त्रीमण्डल हेरफेरको क्षेत्राधिकार प्रधानमन्त्री ओलीको भएकोले आफूलाई जोडिरहन नहुने तर्कसमेत गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिमण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं ।’