चार मन्त्री हट्ने निश्चित, मन्त्रिपरिषद् पुर्नगठनको तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका तयारीमा जुटेका छन् अहिलेसम्म चार मन्त्री हट्ने पक्का भएको बालुवाटार स्रोतले जनाएको छ । थप केही मन्त्री हट्ने भनिए पनि कोको भन्ने टुंगो नलागेकोले अहिले चार जनाको मात्र मन्त्री पदमा फेरबदल हुने छ।
नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले आफू छलफलमै रहेको बताएका छन् । स्रोतकाअनुसार अहिलेसम्म कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ ।
यस्तै पूर्व एमालेबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ । पूर्व एमालेबाट अरु केही मन्त्री हट्ने भनिए पनि टुंगो लागेको छैन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्न सक्ने नेताहरु बताउँछन् । नयाँ मन्त्री कोको हुने भन्ने टुंगो लागेको छैन ।