News

सिराहा र सप्तरीका पम्पहरुमा तेल बिक्री बन्द

सिराहा र सप्तरीका पम्पहरुमा तेल बिक्री बन्द

काठमाडौं – नेपाल आयल निगमको प्रदेश १ कार्यालय विराटनगरले सिराहा र सप्तरीका सबै पम्पहरुमा तेल वितरण बन्द गरेको छ ।

आइतबार राति अपहरणमा परेको भनिएको ट्यांकर धनुषामा रित्तै भेटिएपछि त्यस क्षेत्रका पम्पहरुमा छानबिनका लागि तेल वितरण रोकिएको आयल निगम प्रदेश १ डिपोले जनाएको छ ।

डिपोका प्रमुख अशोक साहका अनुसार तेल वितरण रोकेर प्रहरीसहितको निगमको टोलीले सप्तरी र सिराहाका सबै पम्पमा अनुगमन थालेको छ ।

थप अनुसन्धानका प्रक्रियाबारे सप्तरी जिल्ला प्रशासनमा छलफल भइरहरको उनको भनाइ छ ।  साह ट्याङकर अपहरण प्रकरण छानबिन गर्न निगमले बनाएको छानबिन समितिका अध्यक्ष हुन् ।

डिजेल लोड भएको ट्यांकर हराएपछि छानबिनको लागि निगमलेसाहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । गएको आइतबार दिउँसो अमलेखगञ्ज डिपोबाट २० हजार डिजेल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका लागि छुटेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर त्यहि राति ११ बजे सिरहाबाट हराएको थियो ।

विशेष