News

सि‌हदरबार बन्यो सुनसान, डेरा खोज्दै मन्त्री

सि‌हदरबार बन्यो सुनसान, डेरा खोज्दै मन्त्री

काठमाठौ‌ । मन्त्रिमण्डल पुनर्गठन हुने भएपछि सिंहदरबार सुनसान छ । मन्त्रीहरु मन्त्रालय गएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा नजान निर्देशन दिएका थिए ।

स्रोतका अनुसार श्रममन्त्री गोकर्ण विष्ट बाहेक अरु सिंहदरबार गएका छैनन् । उनीहरु निवासमै छन् । केही मन्त्रीहरु त डेरा खोज्न थालिसकेका छन् । उद्योग मन्त्री मात्रिक यादब, कृषि मन्त्री चक्रपाणी खनाल र महिला मन्त्री थममाया थापा हट्ने निश्चित भइसकेको छ ।

५ देखि १० जना मन्त्रीहरु हट्ने र नयाँ नियुक्त हुने स्रोत बताउँछ । त्यसका लागि बालुवाटारमा बसेको नेकपाको बैठकले केही हदसम्म निर्णय गरिसकेको छ । प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच आज बिहान यस विषयमा छलफल भइसकेको छ । लिष्ट बनाउने काम भइरहेको स्रोत बताउँछ । 
 

विशेष