साढे ३५ लाख रुपैयाँसहित २ जना पक्राउ

साढे ३५ लाख रुपैयाँसहित २ जना पक्राउ

बाराः स्रोत नखुलेको ३५ लाख ५० हजार नगदसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकासराज खनालका अनुसार पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–७ का झवानीका सुनिल महतोे र राजन दुबे रहेका छन् ।

सोमबार अवैध हुण्डीको पैसा लिई ना २६ प १६४९ को मोटरसाईकलमा दुई जना व्यक्ति आउँदै गरेको सूचनाको आधारमा सुरक्षा प्रहरी वेसक्याम्प लंगडाचोक र प्रहरी विशेष ब्यूरोसमेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पचरौता नगरपालिका–८ लंगडाचोकमा मोटरसाइकल रोकेर चेक जाँच गर्दा उनीहरुको साथबाट श्रोत नखुलेको रकमसहित पक्राउ परेको उपरिक्षक खनालले बताए ।

मोटरसाईकल र मोटरसाईकलसवार दुबै जनालाई चेकजाँच गर्दा शरिरको विभिन्न भाग र  साथमा रहेको ब्यागबाट ३५ लाख ५० हजार बरामद भएको उपरिक्षक खनालले बताए । बरामद गरिएको रकममा एक हजार दरको १२ सय थान र पाँच सय दरको ४७ सय थान रहको छ ।

पक्राउ परेका दुबै जनासँग पैसाको बारेमा सोध्दा श्रोत खोलाउन नसकेकोले उनीहरुलाई बैंक तथा वित्तिय संस्था सम्बन्धि कसूर, २०७३ अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान शुरु गरिएको उपरिक्षक खनालले बताए । यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।  

बारा पैसा

संम्बधित खबर

विशेष