मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, परिवारका अन्य ९ जना बिरामी
बैतडी। मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एकै परिवारका ९ जना बिरामी परेका छन भने अन्य एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्पा कार्की रहेकी छिन् । शनिबार साँँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले जानकारी दिए ।
मासु खाएपछि बान्ता हुने, झाडापाखालालगायतका लक्षण देखिएको बताइएको छ । शनिबार रातिदेखि नै बिरामी पुष्पाको मंगलबार घरमै मृत्यु भएको हो ।
मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीया जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की बिरामी परेका छन् ।
किशोरीको मृत्यु