बझाङमा ५.७ रेक्टरको भूकम्पको धक्का, मानवीय क्षति भने भएन
बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिकाको पौवागडीलाई केन्द्रबिन्दु बनाई मङ्गलबार राति ७ बजेर १६ मिनेटमा ५.७ रेक्टरको भुकम्प गएको छ ।
भुकम्पबाट मानवीय क्षति नभएको भएता पनि २ ओटा घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताएका छन ।
भूकम्पले हल्लाउन थालेपछि जिल्लाबासी त्रसित भएका थिए । अन्य ठाउँमा भूकम्पले कति क्षति गर्यो भन्ने विवरण आउन बाकी नै रहेको छ ।
भूकम्पको तीव्रता नयाँ दिल्लीसहित उत्तरी भारतसम्म महसुस गरिएको भारतीय संचारमाध्यामहरुले जनाएका छन ।
भुकम्प बझाङ