News

प्रधानमन्त्रीकी बुहारीलाई आपत

सम्माननीय प्रधानमन्त्री १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा हुनुहुन्छ । तर, उहाँलाई आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ । आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफैं सोही समस्याबाट ग्रस्त हुुनुभएको छ । नाम हो– धु्रब घिमिरे, चितवनका पुराना नेता । 

प्रधानमन्त्री भाइ ताराकी पत्नी अञ्जान घिमिरेले १३ वर्षअघि आफ्नो एउटा मृगौला जेठाजुलाई दिएकी थिइन । उनका बुबालाई पनि यही विमारीले सताएको खबर भर्खरै बाहिरिएको छ । आर्थिक सहयोगका निम्ति उहाँ सरकारकहाँ नजानेमा हुनुहुन्छ । सरकारको नीति पनि छ, मृगौला रोगीलाई सहयोग गर्ने । तर, नीति भएरमात्रै के गर्नु, अस्ति सोमबारमात्रै मृगौला पीडित सरोकार समाजका नाममा बालुवाटार घेराउ भयो ।

आफूहरुलाई उपलब्ध गराइँदै आएको सम्पूर्ण सहयोग पूर्ववत गराउनुपर्ने पीडितको माग थियो । उनीहरुले सरकारले घोषणा गरेको जीविकोपार्जनवापतको मासिक भत्ता र डायलासिसमा दिइँदै आएको सुविधा यथावत राख्न माग गर्दै १४ बुँदे ज्ञापनपत्र लिएर गएका थिए । तर, प्रहरी लगाएर धपाइयो । 

ध्रुव त्यसका सरिक हुनुहुन्थेन । तर, आफ्नै रगत पसिनाले बनेको पार्टीको सरकार भएको बेला जुलुस, धर्नाको झन्झट गर्नुभन्दा आफ्नै बुँताले सकेको गर्ने पक्षमा हुनुहुन्छ । उमेर ६७ वर्ष पुग्यो । दैनिकजसो औषधि खाइरहनुपरेको छ । त्यसले कहिले राम्रो गर्छ, कहिले कहिले समस्या पर्छ । अर्कातिर, पार्टी काममा सक्रिय भइरहेकै समयमा यस्तो रोगले सताएपछि कम्युनिष्ट गतिविधिमा पनि सक्रिय हुन सक्नुभएको छैन् । 

जनआस्था साप्ताहिकबाट साभार ।

प्रधानमन्त्री अञ्जान घिमिरे

विशेष