कांग्रेस सांसद र नगर सभापतिबीच चिया पसलमै कुटाकुट

कांग्रेस सांसद र नगर सभापतिबीच चिया पसलमै कुटाकुट

काठमाडौँ।  नेपाली कांग्रेसका प्रदेश नम्बर २ का सांसद ओमप्रकाश शर्मा र कांग्रेस वीरगञ्ज नगरकार्यसमिति सभापति भोला कलावारबीच कुटाकुट भएको छ।

बुधबार बिहान वीरगञ्ज आदर्शनगरमा रहेको बब्लु चिया पसलमा शर्मा र कलवारबीच कुटाकुट भएको हो ।  दुई जनाबीच भनाभन हुँदै जाँदा कुटाकुट भएको  कांग्रेस कार्यकर्ता सर्वेन्द्र चौहानले बताएका छन। 

कुटपिटबाट दुवैजना सामान्य घाइते भएको बताईएको छ।  उनीहरुलाई उपचारका लागि  नारायणी अस्पतालमा लगिएको पनि चौहानले बताए।  

नगर सभापति कलवार वीरगञ्जमा टाउन हल सञ्चालन पनि गर्छन्। महानगरबाट टेण्डर पारेर कलवारले उक्त टाउन हल सञ्चालन गरे पनि न्यून पैसामा चलाएको भन्दै सांसद शर्माले सार्वजनिक कार्यक्रममै अभिव्यक्ति दिएपछि उनीहरूको सम्बन्ध चिसिएको थियो।

 

 

कुटपिट कांग्रेस सांसद नगर सभापति

संम्बधित खबर

विशेष