News

मेलामा गएका वडाध्यक्ष मृत भेटिए

मेलामा गएका वडाध्यक्ष मृत भेटिए

बैतडीः जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजबहादुर चन्द मृत फेला परेका छन् । 

मंगलवार स्थानीय धुरा जात्रामा मेला हेरेर फर्किएका चन्द बुधवाबार विहान ११ बजे वडा नम्बर ४ को कडैगैरमा मृत अवस्थामा फेला परेका गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । 

चन्दले भने, ‘मेला हेरेर बेलुकी ६ बजे वडा अध्यक्षसित छुट्टिएका थियौं । उहाँ मूल बाटोबाट ८ मिटर तल लडेर टाउकोमा घाउ भएको अवस्थामा मृत आज बुधवार फेला पायौं ।’ 

घटनाबारे विस्तृत अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । ५७ वर्षिय चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदमा बिजयी भएका थिए । 

वडाध्यक्ष राजबहादुर चन्द बैतडी

विशेष