दोलखामा बस दुर्घटना, एकको अवस्था गम्भीर

दोलखा। दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस चरंगे भन्ने स्थानमा दुर्घटनामा परेको छ ।
दुर्घटनामा परि बैत्यश्वर–२ की कुमारी तामाङ गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार बा ३ ख २९९७ नम्बरको बस मंगलबार दिउँसो उकालोमा पछाडि सर्दा भित्तामा ठोक्किएको थियो ।
त्यसक्रममा तामाङ च्यापिएकी थिइन् । बसमा ६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
बस दुर्घटना