सचिवालय बैठकमा आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीले के भनेर गरे ब्रिफिङ

सचिवालय बैठकमा आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीले के भनेर गरे ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् । प्रधानमन्त्रीले मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको बैठकमा जानकारी गराएका थिए।

स्वास्थ्यमा गम्भीर समस्या आएर आफू सिकिस्त बिरामी नभएको प्रधानमन्त्रीले बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्रीको स्वास्थ्य जाँचबारेको रिपोर्ट आइनसकेको र त्यसबारे चिकित्सकहरुले सुक्ष्म विश्लेषण गरिरहेकाले उपचारको थप कोर्सका विषयमा त्यसपछि निर्णय हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

स्वास्थ्यबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा दुई पटक डायलासिस गराएको जानकारी दिएका थिए ।
 

संम्बधित खबर

विशेष