News राजनीति

कर्णाली प्रदेशले संसदको बिजनेश पाएन, हिउँदे अधिवेशन ढिला सुरु हुने 

कर्णाली प्रदेशले संसदको बिजनेश पाएन, हिउँदे अधिवेशन ढिला सुरु हुने 

सुर्खेत । संसद् बैठकका लागि पर्याप्त कार्यसूचि (विजनेश) नहुँदा कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन ढिला शुरु हुने भएको छ । मन्त्रालयमा विधेयक मस्यौदाकै चरणमा रहेकाले तत्काल हिउँदे अधिवेशन आह्वानको सम्भावना नरहेको प्रदेश सरकारले जनाएको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले हिउँदे अधिवेशन ढिला शुरु हुने बताइन् । ‘विधेयक ड्राफ्ट हुँदैछन्, यसपटक ढिला शुरु हुन्छ होला,’ उनले भनिन् ।

प्रदेश सरकार (मन्त्रिपरिषद्) को सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । कर्णाली प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन गत असोज १० गते अन्त्य भएको थियो ।

विशेष