News

महिलाको स्तन काटेर २ जना फरार

महिलाको स्तन काटेर २ जना फरार

भोजपुरः भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाको सेमेङमा अज्ञात समूहले एक महिलाको दुवै स्तन काटिदिएर फरार भएको छ ।

बुधबार दिउँसो करिब १ बजे स्थानीय खकुवाखोलामा कपडा धुन गएकी ३० वर्षीया ती महिलालाई मुखमा कालो पट्टि लगाएर आएका २ जनाले स्तन काटेर फरार भएको जिल्ला प्रहरी भोजपुरले जनाएको छ।

कपडा धोइरहेकी ती महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले बताए ।

घाइतेको स्वास्थ्य चौकी दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । घटनाबारे थप अनुसन्धानका गर्न जिल्ला प्रहरी कार्यालय भोजपुरको टोली घटनास्थनतर्फ लागेको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

भोजपुर स्तन

विशेष