महरा उच्च अदालतमा

महरा उच्च अदालतमा

काठमाडौँ । जवर्जस्ती करणी उद्योग (बलात्कार प्रयास)को मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा जिल्ला अदालत काठमाडौं आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोग लागेका महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको १८ कात्तिकको इजलाशले महरालाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश जारी गरेको थियो । अदालतको आदेशानुसार महरा अहिले डिल्लीबजार कारागारको थुनामा छन् । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेसँगै महराको पक्षका कानून व्यवसायी रमन श्रेष्ठले उच्च अदालत जाने बताएका थिए ।

मुलुकी फौजदारी कार्यविधी संहितामा थुनछेक वा तोकिएको धरौट, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ । उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले महराको पक्षबाट ७३ नम्बरको निवेदन दर्ता भएको बताए ।
 

संम्बधित खबर

विशेष