नख्खु कारागारः कैदी गर्लफ्रेन्डसँग जान्छन् डेटिङमा !

नख्खु कारागारः कैदी गर्लफ्रेन्डसँग जान्छन् डेटिङमा !

काठमाडौंः बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगी धन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ ।

नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू टासी गुरुङ, भीम बस्नेत, शक्ति प्रजा, सोम तामाङ, आइते तामाङ र प्रकाश कार्कीले पछिल्लो पाँच महिनामा कारागारभित्र र बाहिर गरी ७४ लाखभन्दा धेरै ठगी गरेका हुन् । कारागारभित्रै बन्दीसँग ५० लाख १३ हजार र बाहिरका रासनपसलेसँग २३ लाख २१ हजार ठगी गरेका छन् ।

डेटिङमा चौकीदार चौकीदार पनि कैदीबन्दी नै हुन्  । कारागारभित्र कैद भुक्तान गरिरहेको व्यक्ति बाहिर निस्किन मिल्दैन। कामले निस्किनै परे पनि सुरक्षाकर्मीको कडा निगरानी हुन्छ  । तर, नख्खु कारागारका चौकीदार सन्तोष गुरुङ कारागारबाट सजिलै निस्किएर डेटिङसमेत जाने गरेको पाइएको छ । तर, उनको हर्कतबारे सुरक्षाकर्मी र जेलर अनभिज्ञता जनाउँछन्।

नख्खु सुधारगृह कार्यालयका प्रमुख सुरेन्द्र पौडेल भने गर्लफ्रेन्डसँग गुरुङले खिचेको फोटोमा पनि षड्यन्त्र भएको दाबी गर्छन् । ‘कस्तो फोटो हो? कहाँको फोटो हो? त्यसबारे मलाई थाहा भएन । यदि हो भने पनि त्यसमा षड्यन्त्र छ । समीरमानसिंह बस्नेत चिन्नुहुन्छ नि? यसमा पक्कै उनीहरूकै हात हुनुपर्छ,’ पौडेलले भने ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

संम्बधित खबर

विशेष