News

३५ बर्षअघि पाटनबाट चोरिएको मूर्ति अमेरिकामा

३५ बर्षअघि पाटनबाट चोरिएको मूर्ति अमेरिकामा

काठमाडौ:  पाटनको नारायण मन्दिरबाट ३५ वर्षअघि चोरिएको पुरातात्विक महत्वको ‘बासुदेव(कमलाजा मूर्ति’ अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा प्रदर्शित गरिएको छ । सन् १९८९ मा प्रकाशित लैनसिंह वाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ ९पृष्ठ २४८०मा समेत उल्लेख भएको यो मुर्ति सन् १९८४ मा चोरिएको जनाइएको छ ।

डल्लास म्युजियम अफ आर्टमा प्रदर्शन गरिएकोबारे अमेरिकी कलाविद् र क्युरेटरहरुले समेत चासो राख्दै ‘नेपालबाट चोरिएको मूर्तिका रुपमा’ सार्वजनिक सरोकार राखेका छन् । लैनसिंहले आफ्नो पुस्तकमा दिएको मूर्ति परिचयमा ‘एउटै मूर्तिमा देब्रेतर्फ विष्णु (नारायण)र दायाँपट्टी अर्धलक्ष्मीको आकृति छ ।

पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले नेपालबाट चोरिएको यो कलाकृतिको आधिकारिता पुष्टी हुनासाथै इन्टरपोलमार्फत यो सम्पदा फर्काउन पहल सुरु हुने प्रतिक्रिया दिएका छन् । ‘सन् १९७० मा अनुमोदित गैर कानुनी रुपले सांस्कृतिक सम्पत्ति आयातनिर्यातमा प्रतिबन्ध लगाउनेबारेको अभिसन्धि आधारमा पनि पहिचानयुक्त मूर्तिलाई फर्काउन सकिनेछ, गौतमले कान्तिपुरसँग भने । यसअघि पनि ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेखित मूर्तिहरु अमेरिका, बेलायत, जर्मनीलगायतका मुलुकमा पाइएपछि युनेस्को अभिसन्धिको प्रक्रियाबाट घर फिर्ता गराइएको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।  

चोरिएको मुर्ति

विशेष