News

जमिन सरकारको लालपूर्जा व्यक्तिको, अर्बौंको जग्गा फिर्ता र कारबाहीका लागि प्रमाण जुटाउँदै प्रशासन

जमिन सरकारको लालपूर्जा व्यक्तिको, अर्बौंको जग्गा फिर्ता र कारबाहीका लागि प्रमाण जुटाउँदै प्रशासन

काठमाडौं: सरकारी जग्गा व्यक्तिका नाममा दर्ता सम्बन्धमा जिल्ला प्रशासन कार्यालय बर्दियाले आवश्यक कानुनी कारबाही अघि बढाएको छ । भू–माफियाले बर्दिया जिल्ला साबिक सारेहवा गाविस–८ स्थित कित्ता नम्बर ४४२ अन्तर्गत १४४ बिघा पर्ती जग्गा ९ सार्वजनिक जग्गा भूमाफियाले वर्षौंसम्म योजनाबद्ध प्रयासबाट कित्ताकाट गरी विभिन्न व्यक्तिका नाममा दर्ता गराएको खुलासापछि जिप्रकाले त्यसविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको हो ।

भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बर्दिया सोरहवास्थित अर्बौं मूल्य बराबरका झन्डै १४४ बिघा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराएको समाचार राजधानी दैनिकले प्रकाशन गरेको थियो । जिल्ला प्रशासन कार्यालय बर्दियाले समाचार सार्वजनिकसँगै कारबाहीलाई तीव्रता दिएको जनाएको छ ।

जग्गा फिर्ता र संलग्न व्यक्ति तथा मालपोत कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस तयारीलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।  

प्रशासन

विशेष