आलमबिरुद्ध जन्मकैद सजाय दाबी
रौतहट। नेपाली कांग्रेस रौतहटका नेता एवम प्रतिनिधिसभा सदस्य महम्मद अफताब आलमनिरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ।
प्रहरीले अनुसन्धान सकेर शुक्रवार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मर्ने उद्योग र बम बिष्फोट गरि तीनवटा आरोप लगाई जन्मकैद माग दाबी गरिएको छ।
रौतहट प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आलमकै निर्देशनमा बम बनाउन प्रत्यक्षरुपमा मानिस परिचालन गरेको, बिस्फोट पछि घाइते भएकालाई जिउदै इँटाभट्टामा लगेर जलाएको तथा उजुरी गर्नेलाई समेत हत्या गरेको निष्कर्ष निकाली अभियोजन पत्रमा आलमलाई आजीवन काराबासको सजाय माग दाबी गरिएको छ।
आलम बिगत २० दिन अघिदेखि प्रहरी हिरासतमा रहेका छन।
यो समाचार आजको नागरिकमा मदन ठाकुर र टपेन्द्र कार्कीले लेखेका छन।
महमद अफताब आलम